प्रेम दिवसको ‘तिम्रो छेउ ..’ सार्वजनिक (भिडियो)

फिल्म । प्रियंका कार्की अभिनित नयाँ गीत ‘तिम्रो छेउ’ सार्वजनिक भएको छ । फिल्म ‘प्रेम दिवस’ मा समावेश यसगीतमा प्रियंका फिचर्ड छिन् । गीतमा अन्जु पन्तको आवाज रहेको छ भने यसमा महाराज थापाको संगीत र शब्द रहेको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् । फिल्ममा प्रियंकासँगै आयुष्मान डिएस जोशी , बिशाल खरेल लगायतको अभिनय रहेको छ । योगेश घिमिरेको निर्देशनमा तयार भईरहेको फिल्म आउदो वर्षको जेष्ठ ३ गते रिलिज हुनेछ । फिल्मलाई संजय न्यौपानेले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्