मोफसलमा ‘आप्पा’

फिल्म । आउँदो असार १३ गतेबाट फिल्म ‘आप्पा’ प्रदर्शनमा आउंदैछ । बाबु र छोराको कथालाई समेटिएको फिल्मको सार्वजनिक ट्रेलरले धेरैको मन छोएको छ । फिल्ममा आप्पाको भूमिका दयाहाङ राईले निर्वाह गरेका छन् । उनको छोरा बनेका छन् , सिद्धान्तराज तामाङ । पछिल्लो समय आफ्नो प्रचारप्रसारलाई बढाउँन फिल्म युनिटले मोफसल यात्रा गरेको छ ।

मोफसल यात्रामा फिल्मका आप्पा अर्थात दया र डेब्यु निर्देशक अनमोल गुरुङ थिए । पोखरा र चितवनमा गरिएको पत्रकार भेटघाटमा यिनले फिल्मको बारेमा जानकारी गराएका छन् । ‘फिल्मले ब्यापार कस्तो गर्छ त भन्न सक्दिन तर एउटा मन छुने फिल्म बने जस्तो लागेको छ’ दयाले भने ‘यसले बाबु र छोराको कथालाई भनेको छ ।’

उनले फिल्म कमर्सियल दंगले बाट निर्माण गरिएता पनि मन छुने विश्वास व्यक्त गरे । यसैगरी डेब्यु निर्देशक अनमोलले पनि फिल्मलाई विशुद्ध मनोरंजनको रुपमा लिन आग्रह गरे । ‘फिल्ममा हामीले एउटा कथा भनेका छौ तर शैली कमर्सियल छ’ उनले भने । साथै फिल्म नेपालसँगै भारतका मुख्य सहरको २५ वटा हलमा सेम डेटमा रिलिज हुनेछ ।

‘आप्पा’ भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जि्लिङ, सिलोङ जस्ता मुख्य सहरहरुमा प्रदर्शनमा आउने लागेको निर्माण युनिटले बताए । ‘यसले नेपाली फिल्मको बजार विस्तारमा मुख्य भूमिका खेल्नेछ हने अन्य फिल्मको लागि मार्ग पनि प्रसस्त गर्नेछ’ दया आश्वादी सुनिए । दार्जि्लिङ देखी सन्दकपुर सम्मको यात्राको कथा रहेको फिल्ममा दयाले बिर्खे नाम गरेको एक ड्राईभरको भूमिका निर्वाह गरेका छन् । फिल्म माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा तुलसी घिमिरे, अरुणा कार्की लगायतको पनि प्रमुख भूमिका छ । रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो चेम्जोङ्ग रहेका छन् । यसमा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।

कमेन्ट गर्नुहोस्