‘फ्लप’ जिम्मा लिए निर्देशकले

फिल्म । पछिल्लो समय हलिउडका आश लाग्दो फिल्मले दर्शकको साथ् पाउन सकेका छैनन् । गत साता मात्र रिलिज भएको ‘मेन इन ब्ल्याक’ को नयाँ सिरिज इन्टरनेशनलले दर्शकको साथ् पाउन सकेन । यो तेस्रो सिरिज थियो । यसैगरी त्यो भन्दा अघिल्लो साता रिलिज भएको एक्स मेन सिरिजको डार्क फोनिक्स’ घरेलु वक्सअफिसमा फ्लप भएको छ ।

एक्समेन सिरिजलाई सफल मानिन्छ तर यसले दर्शकको साथ् पाउन सकेन् । फिल्म फ्लप भएपछी यसको जिम्मा निर्देशक सिमोन किनवर्गले लिएका छन् । ‘फिल्मको कन्टेनले दर्शकलाई तान्न सकेन् , त्यसैले असफलताको जिम्मा म लिन्छु’ निर्देशक किनवर्गले बताए । साथै , उनले यो फिल्म अन्य सुपरहिरो जस्तो नभएको समेत प्रस्ट्याए ।

‘यसलाई सानो, ड्रामाटिक र दर्शक नजिक रहोस् भनेर बनाइएको हो’ उनले फिल्मको बारेमा समेत बोले । पछिल्लो समय यस सिरिजमा लोगन अर्थात ह्युग ज्याकम्यान नरहेकाले पनि दर्शकको साथ् घटेको हुन् सक्ने अपनी अनुमान लगाइएको छ । किनकी दर्शकले सिरिजमा सबै भन्दा बढी रुचाइएको क्यारेक्टर एक्स मेन अर्थात लोगन नै हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्