गर्मि बढेपछि सर्लाहीका विधालय बन्द

देश । यतिबेला मौसम नै गर्मिको छ । गर्मि सिजनमा पनि असार , साउनमा बढी नै गर्मि हुने गर्छ । त्यसमाथि तराइमा कस्तो गर्मि होला ? कल्पना नै गर्न सकिन्न किनकी यतिबेला काठमान्डौ लगायतका पहाडी क्षेत्रमै गर्मि बढ्दो छ । यसै बीच लगातार गर्मी बढ्दै गएपछि सर्लाहीका तीन स्थानीय तहमा विद्यालय बन्द गरिएको छ। आइबारदेखि लालबन्दी, मलंगवा र गोडैता नगरपालिकाले नगरभित्रका विद्यालय बन्द गर्न निर्देशन दिएका छन्। गर्मी बिदाबाट कट्टा हुने गरी स्थानिय तहले बिदा दिएका हुन् ।

लालबन्दी नगरपालिकाले आफ्नो नगरपालिकामा रहेको ४८ वटा सामुदायिक र २० वटाभन्दा बढी संस्थागत विद्यायलमा पठन पाठन बन्द गर्न निर्देशन दिएको हो । अर्को सूचना जारी नभएसम्मका लागि लालबन्दी नगरपालिकाले विद्यालय बन्द गर्न निर्देशन दिएको नगरप्रमुख मानबहादुर खड्काले जानकारी दिए। गर्मी बढेसँगै विद्यार्थी धमाधम बिरामी हुन थालेपछि विद्यालय बन्द गर्न निर्देशन दिइएको नगरप्रमुख खड्काले बताए।

त्यसै, गोडैता नगरपालिकाले पनि सोमबारदेखि शुक्रबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत बिकाउ यादवले जानकारी दिए । २५ वटा सामुदायिक विद्यालयलाई पत्रचार गरी विद्यालय बन्द गर्न निर्देशन दिएको उनले बताए । स्थानीय तापक्रम ४० डिग्रीको आसपासमा छ । त्यसैले पनि विधालय बन्द गरिएको छ ।

कमेन्ट गर्नुहोस्