भाद्रको अन्तिम साता ‘पासवर्ड’

फिल्म । बलिउडमा हट एक्ट्रेस तथा डान्सरको रुपमा परिचित सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’ को एक गीतमा डान्स गरेकी छिन् । उनले आइटम गर्लको रुपमा डान्स गरेको फिल्म हो ‘पासवर्ड’ । केहि समय अगाडी युकेमा खिचिएको गीतलाई केहि दिनमै रिलिज गर्ने तयारी गरिरहेको टिमले फिल्मलाई भाद्र २७ मा रिलिज गर्ने भएको छ ।

सुरज सुब्बा ‘नाल्बो’ को निर्देशनमा तयार भइरहेको फिल्म ‘हृदय भरी’ र रङ्ग पत्रकार फूलमान बलको निर्देशनमा तयार फिल्म ‘नीरफुल’ सँग नै फिल्म रिलिज हुने भएको हो । सन्नीले आइटम डान्स गरेको गीतको बोल ‘सन्नी हो नाम मेरो’ रहेको छ भने यसलाई कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् । बिष्णुले बलिउडका स्टार साहरुख खान, सलमान खानलाई समेत कोरियोग्राफी गरिसकेका छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोलाई एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

भिडियोमा सन्नीलाई २ सय बढी डान्सरलाई साथ दिएका छन् । सम्राट बस्नेतको निर्देशनमा तयार भईरहेको फिल्ममा सन्नीको माग अनुसार नै गीत तयार पारिएको हो । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ । एक्सन र थ्रिलर जनरमा तयार भईरहेको फिल्ममा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्मको छायाँकार सौरभ लामा हुन् ।

\

कमेन्ट गर्नुहोस्