फिल्म । पछिल्लो समय बलिउडको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘भारत’ को प्रचार प्रसार,आ सलमान खान र कट्रिना कैफ व्यस्त छन् । आउँदो इदमा रिलिज हुने भएकोले पनि फिल्मको पब्लिसिटीमा सलमान र कट्रिना निकै लागिरहेका छन् । अघिल्लो दुइ वर्ष यता इदमा रिलिज भएको फिल्मले सालमानको साख जोगाउन सकेको छैन , यसैले गर्दा पनि भारतमा सलमानले निई मेहनत गरिरेका छन् । पब्लिसिटीकै क्रममा सलमान र कट्रिना कपिल शर्माको शोमा पुगेका छन् । जहाँ सलमानले आफुलाई कट्रिनाले ‘रिजेक्ट’ गरेको बताए । रमाइलो गर्ने क्रममा शो कि जज अर्चनाले कट्रिनाले सलिम बडीको लागि स्ट्रिकली डायटिङ गरेको बताइन । ‘कट्रिनाले स्मुदी समेत रिजेक्ट गरेकी थिइन्’ अर्चनाले यस्तो भन्दै गर्दा सलमानले कट्रिनाले आफुलाई सम्म रिजेक्ट गर्न बाँकी नछाडेको बताए ।
‘यिनले मलाइ पनि रिजेक्ट गरिन् , छोड स्मुदीको कुरा’ सलमानले यस्तो भनेपछो माहोल नै हास्यमय बन्छ । सलमान फिल्ममा भिन्न भिन्न अवतारमा छन् । यसमा उनले १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् । जुन ५ मा रिलिज हुने फिल्ममा सलमानसँगै कटरीना कैफ , ज्याकी श्राफ र दिशा पाटनी पनि प्रमुख भूमिकामा छन् । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । अली र सलमानको यो तेस्रो सहकार्य हो । योभन्दा अगाडि दुईले ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ बनाएका थिए । दुबै सुपरहिट भएको थियो ।











