अमेरिकामा ‘छक्का पञ्जा ३’ ले बनायो रेकर्ड

फिल्म । गत घटस्थापना देखि प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा ३’ ले अहिले सम्म नेपाली फिल्मद्वारा बनाइएको रेकर्डलाई ब्रेक गरिसकेको छ । फिल्मले लाइफ टाइम रेकर्डमा आफ्नै सिरिजको रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको छ । यसले स्वदेशमा मात्र होइन विदेशमा पनि विभिन्न रेकर्ड बनाइरहेको छ ।

पछिल्लो समय स्वदेशसँगै विदेशमा पनि फ्याम्ली फिल्मले राम्रो दर्शक र शो पाउने गरेकाछन् । शत्रु गतेले विदेश प्रदर्शनमा बनाएको रेकर्डलाई छक्का पञ्जा ३ ले विभिन्न देशमा तोड्ने क्रममा रहेको छ । यसले पछिल्लो समय संयुक्त राज्य अमेरिका स्थित डालसको टेक्सासमा लगातार एक महिना प्रदर्शन भएपछी अन्य फिल्मको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको छ ।

डालसमा मात्रै ६४ शो भईसकेको फिल्म ‘छक्का पञ्जा ३’ अझै केहि समय प्रदर्शन हुने बुझिएको छ । डालसका लागी अधिकारिक वितरक रहेका नेप्सिने र प्लानेट थ्री फिल्मसले फिलो डिमाण्ड बढ्दो रहेकाले अझै प्रदर्शन हुने बताएका छन् । कमेडी विथ कन्टेन भएकाले फिल्मलाई स्वदेशसँगै विदेशमा पनि उत्तिकै रुचाइएको छ । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् भने यसमा उनिसँगै दीपक राज गिरी , दीपिका प्रसाई , जितु नेपाल , केदार घिमिरे , शिवहरी पौडेल , बुद्धि तामाङ , शिशिर बांग्देल , जयनन्द लामा , प्रियंका कार्की , स्वस्तिमा खड्का , संजोग कोइराला लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्