उज्वललाई प्रदीपको कटाक्ष

फिल्म । गत वर्ष रिलिज भएको प्रदीप खड्का अभिनित फिल्म ‘लभ स्टेसन’ ले चोरीको आरोप खेप्नु पर्यो । किनकी फिल्मलाई टर्किसको दुइबाट साभार नै गरिएको थियो । ट्रेलर सार्वजनिक भएपछी एक दृश्य हुबहु देखिएपछी लगाइएको अनुमान फिल्म रिलिजपछी यथार्थमा परिणत भयो । त्यसपछि निर्देशक उज्वल घिमिरेले स्तरीय लेखक नभएकोले विदेशी फिल्मको कपि गरिएको भन्ने अभिव्यक्ति दिए ।

उनले ‘कपि’ को मुद्दामा लिखित लेखलाई सामाजिक सञ्जालमा शेयर गर्दै आफुले कपी गरेर गल्ती नगरेको किसिमको आसय पनि व्यक्त गरे । तर , उनको गतिलो कथा नपाउँदा विदेशी फिल्मबाट कपी गर्नु पर्ने अभिव्यक्ति प्रति लेखक प्रदीप भारद्वाजले जवाफ दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै आफु मात्र होइन अन्य स्क्रिप्ट राइटरले पनि उचित परिश्रमिक दिएमा अर्गानिक कथा दिएर पठाउने बताए ।

‘हामीसँगै धेरै अर्गानिक कथाछ ,हामीले मेकरलाई कथा सुनाउने हो अनि उहालाई मन परेको कथालाई पटकथाको रुप दिएर तयार गर्छौ’ प्रदीप भन्छन् ‘लेखकसँगै केहि सल्लाह निर्माता र निर्देशकको पनि हुन्छ , एउटा फिल्म बन्नुमा ।’ उनले नेपालमा कथा नपाएको भन्ने अभिव्यक्ति प्रति कटाक्ष प्रहार गर्दै आफूसंग दुइ सय भन्दा बढी कथा रहेको समेत लेखेका छन् ।

‘म मात्र होइन धेरै लेखकसँग कथा छ तर मेकरले विश्वास गर्दैनन्’ उनले भने ‘विश्वास गर्नुस अनि कथामा मेहनत गर्नुस फिल्म राम्रो बन्छ ।’ यसविषयमा उज्वलको प्रतिक्रिया सामाजिक सञ्जालमा आइसकेको छैन । पुराना निर्देशकबाट फिल्ममा विदेशी फिल्मको हुबहु साभार हुनुलाई सकारात्मक रुपमा फिल्मकर्मी र समिक्षकले लिएका छैनन् । प्रदीपको लेखन र उज्वलको निर्देशनमा फिल्म ‘छोडी गए पाप लाग्ला’ बनेको थियो ।

कमेन्ट गर्नुहोस्