‘डिप्रेशनबाट उठेका सुशील’

19 Shares

फिल्म । आउँदो कार्तिक १५ गतेबाट फिल्म ‘बादशाह जुट’ प्रदर्शनमा आउदैछ । फिल्ममा दुइ युवा जो बादशाह बन्न चाहन्छन् , उनीहरुको कथा देखाइएको छ । फिल्ममा जुट छन् सुशील श्रेष्ठ र आमिर गौतम । यी दुइको कथालाई लिएर फिल्म निर्माण गरिएको हो । दुइ अर्थात् जुट मध्य एकको कुरा गर्ने हो भने सुशीलले पत्रकारको भूमिका निर्वाह गरेका छन् । डेब्यु फिल्मपछी लगातार फ्लप फिल्मले गर्दा डिप्रेशनमा समेत परिसकेका सुशीलले ‘लभ डायरीज’ गरे ।

त्यसपछि उनले ‘बादशाह जुट’ गरेका हुन् । उनि आफुलाई हिरो भन्दा पनि क्यारेक्टरकै रुपमा प्रस्तुत गर्न चाहन्छन । त्यसैले पनि उनले यो फिल्म रोजे । ‘यो फिल्म अघिल्ला भन्दा फरक त थियो नै साथै मैले पत्रकारको क्यारेक्टर पाएको थिए’ सुशीलले फिल्म रोज्नुको कारण बारे भने ,’म अब बडी भन्दा पनि कलाकारिता देखाउन चाहन्छु ।’

उनले आफुलाई रोल अफर भएपछी पत्रकारको हाउभाउलाई समेत नियाल्न थाले । ‘मेरो सिकाई कै क्रमछ आफुमा विस्तारै परिपक्वता बढ्दै गएको हो कि जस्तो पनि लाग्न थालेको छ’ सुशील भन्छन् । फिल्ममा उनि फेसम पत्रकार बन्न चाहने क्यारेक्टरमा छन् । चर्चित बन्न खोज्दा आउने समस्या नै फिल्म बादशाह जुटको विषयवस्तु हो ।

विज्ञापन

ब्रेकिंग न्युजले ल्याउने समस्या पनि भन्न सकिन्छ । फिल्ममा सुशील र आमिरसँगै रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डेलगायतका कलाकारहरुको अभिनय छ । जोनी सिंह राणाको निर्देशनमा तयार भएको फिल्ममा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) को निर्माण रहेको छ भने राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन छ ।

तपाईको प्रतिक्रिया