पलले किन छाडे ‘महाराजधिराज’ ?

फिल्म । अभिनेता पल शाह आगामी फिल्म ‘महाराजधिराज’बाट बाहिरिएका छन् । निर्माता कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले आपसी सहमतिमा शाहसँगको सम्झौता रद्द भएको जनाएको छ । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा कम्पनीले शाहसँगको सहकार्य अन्त्य भएको उल्लेख गरेको हो ।

पलले पनि आफ्नो कम्पनी पल शाह फिल्म्सले निर्माण गर्ने र आफू अभिनय गर्ने अर्को फिल्म ‘यानीमाया’को तयारीका लागि समय व्यवस्थापन गर्न नसकेको भन्दै ‘महाराजधिराज’ छाडेको स्पष्ट पारेका छन् । उनले ‘यानीमाया’लाई आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

पलको बहिर्गमनसँगै ‘महाराजधिराज’को असार पहिलो साताबाट सुरु हुने भनिएको छायांकन अनिश्चित बनेको छ । दसैंमा प्रदर्शन मिति तोकिएको यो फिल्मको रिलिज पनि संकटमा परेको छ । पलको स्थानमा कुन कलाकारले अभिनय गर्ने भन्ने अझै टुंगो लागेको छैन, जसले प्रदर्शन मितिमा थप असर पार्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्