सेटबाट निश्चलले शेयर गरे तस्वीर

फिल्म । फिल्म ‘घामट शेरे’ को छायाँकन स्थलबाट निश्चल बस्नेतले तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले ‘अन लोकेसन’ क्याप्सन लेख्दै आफु र स्वस्तिमा खड्काको तस्वीर शेयर गरेका हुन् । तस्वीर हेर्दा फिल्मको एक दृश्य झैँ लाग्छ । यसै फिल्म मार्फत निश्चल र स्वस्तिमाको जोडी ठुलो पर्दामा देखिदै छन् ।

फोटोमा निश्चलले चेक सर्ट लगाएका छन् भने स्वस्तिमा साडी अनि ब्लाउजमा प्रस्तुत छिन् । फोटो हेर्दा निश्चल र स्वस्तिमा दम्पत्तीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।विना घोषणा फ्लोरमा पुगेको फिल्मको यतिबेला सुर्खेतमा छायाँकन भइरहेको छ । हेमराज विसीले निर्देशन गरिरहेको फिल्मको सोमबार सुर्खेतबाट छायाँकन थालिएको छ । फिल्मलाई नरेन्द्र मैनालीले खिच्दैछन् ।

कमेन्ट गर्नुहोस्