‘ए मेरो हजुर ३’ को ग्रस कलेक्सन झन्डै चार करोड

फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले आफ्नो कलेक्सन सार्वजनिक गरेको छ । प्रेस विज्ञाप्ति जारि गर्दै फिल्मले चार दिने कलेक्सन सार्वजनिक गरेको हो । फिम्ले चार दिनमा लगभग चार करोडकै हाराहारीमा ग्रस कलेक्सन गरेको जनाएको छ । जारि प्रेस विज्ञप्तिमा पहिलो ३ दिनमा ३ करोड ३९ लाखको व्यापार गरेको फिल्मले सोमबार मात्रै ६२ लाखको कारोबार गरेको हो ।

नयाँ वर्षको अवसर पारी प्रदर्शनमा आएको फिल्म म्युजिकल लभ स्टोरी जनराको हो । यसमा अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहेको छ । पछिल्लो फिल्म क्याप्टेन मार्फत दर्शक माया घटेको हो कि भन्ने भएता पनि अनमोलले लभरब्वाईको क्यारेक्टर मार्फत पुनः आश जगाएका छन् । डेब्यु गर्ल सुहाना थापाले अभिनयमा प्रशस्त सम्भावना देखाएकी छिन । उनि कलाकार तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी समेत हुन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा अनमोल र सुहानासँगै अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । यसमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व र दिर्घ खड्काको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्