के ‘बोबी’सिक्वेलको तयारीमा छन् उमेश र कविता ?

फिल्म । गत असारमा रिलिज भएको फिल्म हो ‘बोबी’ । रियल स्टोरी र रियल जोडीको फिल्म भनिएको यसलाई मिलन चाम्सले निर्देशन गरेका थिए भने रियल जोडी उमेश थापा र कविता गुरुङको प्रेम कथालाई पटकथा बनाउने काम सञ्चारकर्मी नरेश भट्टराईले गरेका थिए । फिल्मलाई प्रचारप्रसार सामग्री र वर्ड अफ माउथले सफल बनाउन मदत गर्यो । प्रेम प्राप्तिको लागि गरिएको संघर्ष , त्याग र त्यसपछीको सफलतालाई दर्शकले रिलेट गरे ।

‘वर्ड अफ माउथ’ को कारण फिल्म सफल भयो । फिल्मले स्वदेशमा राम्रै कलेक्सन गर्यो भने विदेशमा पनि यसको शो अधिकाँस ठाउमा ‘हाउसफुल’ नै रह्यो । यसै फिल्म मार्फत उमेश र कविता सेलिब्रेटी भए । डेब्यु फिल्मले नै यी दुईलाई परिचित बनायो ।

अब यो जोडी बोबीको सिक्वेल बनाउने तयारीमा छन् । यतिबेला कविता र उमेश नेपाल आएका छन् भने निर्देशक चाम्सलाई भेट्ने ‘वीर विक्रम २’ छायाँकन भईरहेको स्थानमै पुगेका छन् । बुझिएअनुसार यो जोडीले बोबीको सिक्वेललाई सन् २०१९ मै छायाँकन गर्न निर्देशक चाम्सलाई भनिरहेका छन् ।

कमेन्ट गर्नुहोस्