राम गोपाल वर्मा बने एक्टर

फिल्म । बलिउडका प्रसिद्ध निर्देशक राम गोपाल वर्मा अब कलाकार बन्ने भएका छन् । उनले फिल्म ‘कोबरा’ मार्फत अभिनयमा पाइला टेकेका हुन् । उनले आफ्नो ५७ औ वर्ष पार गरेपछि फिल्ममा अभिनयमा आउँ लागेको घोषणा ट्विटर मार्फत गरेका हुन् । फिल्ममा उनि सेक्रेट एजेन्टको भूमिका निर्वाह गरिरहेका छन् । उनको फिल्मको विषयमा अन्य जानकारी त दिइएको छैन तर घोषणासँगै फस्टलुक पनि सार्वजनिक गरिएको छ । बलिउडका निर्देशक अभिनयमा आएको यो पहिलो पटक भने होइन । यस अगाडी पनि थुप्रै निर्देशकले अभिनय गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्