गोपीको ‘तेरो आफ्नो’ सार्वजनिक (भिडियो)

फिल्म । फिल्म गोपीमा समावेश दोस्रो गीत सार्वजनिक भएको छ । विदेश मोह त्यागेर स्वेदेशमै गाई पालन गरेर बसेको एक युवकको संघर्ष र सफलताको कथा प्रस्तुत गरेको फिल्मको दोस्रो गीत ‘तेरो आफ्नो’ सार्वजनिक भएको हो । विप्लव प्रतिकको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । भिडियोमा फिल्मका शिर्ष कलाकार विपिन कार्की भावुक देखिएका छन् । यात्राको क्रममा गाई पाल्दाका रमाइलो र कठिन पल सम्झिँदै भावुक देखिएका छन् । निर्देशक दीपेन्द्र लामाका अनुसार, फिल्ममा उक्त गीत ‘थिम सङ’ का रुपमा प्रयोग गरिएको छ ।

फिल्ममा विपिनसँगै बर्षा राउत , सुरक्षा पन्त , भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमली लगायतका कलाकारहरुको पनि अभिनय छ । आरोही केसी निर्माता रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा छन् । सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको उक्त फिल्मलाई शैलेन्द्र डि. कार्किले खिचेका हुन् । कोरियोग्राफरको रुपमा गोविन्द राई छन् । फिल्म माघ १८ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्