फिल्म । अभिनेत्री वर्षा शिवाकोटी २६ औ वर्षमा प्रवेश गरेकी छिन् । फिल्म ‘नाई नभन्नु ल २’ मार्फत फिल्मनगरीमा प्रवेश गरेकी वर्षा पछिल्लो समय फिल्म ‘वीर विक्रम २’ को पर्खाइमा छिन् । फिल्मपछि म्युजिक भिडियो तर्फ लागेकी वर्षा सानो पर्दामा पनि उत्तिकै लोकप्रिय छिन् । म्युजिक भिडियोमा स्थापित वर्षाले पछिल्लो समय ‘पशुपति प्रसाद’ मार्फत र,राम्रो चर्चा बटुलेकी थिइन् । यिनले जन्मोत्सवको दिन विहानै पशुपति नाथ पुगेर पुजा गर्दै मनाएकी छिन् । पुजासँगै उनले प्रसाद पनि वितरण गरिन् । साथै , उनले पशुपति नाथसँग आफ्नो नेक्स्ट प्रोजेक्ट ‘वीर विक्रम २ को सफलताको कामना पनि गरिन् ।
कमेन्ट गर्नुहोस्










