प्रदीप र जसिताको ‘लभ स्टेसन’ ट्रेलर रिलिज (भिडियो)

A004_C032_01302I
फिल्म । प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेसन’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् । ट्रेलरमा प्रदीप खड्का या जसिता गुरुङ्ग बीचको प्रेम र विछोडलाई देखाइएको छ । चैत्र २२ मा प्रदर्शन हुने फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उज्वल केहि समयको अन्तरलमा यसैफिल्म मार्फत निर्देशनमा आएका छन् । लभ स्टेसन ठाउसँग जोडिएर बढ्ने कथालाइ सांगीतिक प्रेम कथामा तयार भएको फिल्म भनिएको छ । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
कमेन्ट गर्नुहोस्