करणको पाहुना बने ‘बाहुबली’ टिम

टिभी । अन्तत करण जोहरले बाहुबली टिमसँग आफ्नो च्याट शो ‘कफी विथ करण’ को शुटिङ गरेका छन् । उनले केहि समय अगाडी आफ्नो शो मा ‘बाहुबली’ टिमलाई पाहुना बोलाउने जनाएका थिए । तर उनले यस एपिसोडको शुटिङ नै गरिसकेका छन् । पछिल्लो समय उनले अक्षय कुमार र रणवीर सिंह , आलिया भट्ट र दीपिका पादुकोण , अर्जुन कपुर र जहान्वी कपुर , शहिद कपुर र इशान खट्टर , अजय देवगन र काजोल , सैफ अलि खान र सारा अलि खान लगायतलाई शो मा पाहुना बनाएर चर्चा कमाइसकेका छन् ।

फिल्म बाहुबली सिरिजको को-प्रोड्युसर समेत रहेका करणको आग्रहलाई स्वीकार्दै एसएस राजमौली , प्रभास र राणा डग्गुवतीले उनको शो मा आउने निर्णय लिए । बाहुबलीको दुवै सिरिजलाई हिन्दी भर्सनमा करणले नै वितरण गरेका थिए । प्रभासलाई बलिउडमा चिनाउने श्रेय पनि उनलाई नै जान्छ । यसैले गर्दा प्रभासले शो मा आएको बताएका छन् । शो को छायाँकन भइसकेता पनि प्रशारण हुने डेट बारे केहि बताइएको छैन । (एजेन्सी सहयोगमा)

 
View this post on Instagram
 

My proudest cup of KOFFEE!!!! With team BAHUBALI!!! #prabas #Rana #rajamoullisir #koffeewithkaran @starworldindia @hotstar

A post shared by Karan Johar (@karanjohar) on

कमेन्ट गर्नुहोस्