फिल्म । राष्ट्रिय एवं अन्तराष्ट्रिय पुरस्कारहरु पाएको फिल्म ‘बुलबुल’ अमेजन प्राइममा रिलिज भएको छ । अमेरिका, बेलायत, क्यानडालगायत विश्वभरका दर्शकहरुले अमेजन प्राइमको साइटमा गएर निश्चित रकम तिरेपछि ‘बुलबुल’ हेर्न सक्नेछन् । फिल्ममा स्वस्तिमा खड्का , मुकुन भुषाल , लक्ष्मी बर्देवा लगायतको अभिनय रहेको छ । विनोद पौडेलको निर्देशनमा तयार फिल्मले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न अवार्डमा आफूलाई अब्बल फिल्मको रुपमा सावित गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्












