ध्रुव र शुभेच्छाको ‘हेरुँ हेरुँ’ (भिडियो)

संगीत । नवोदित गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘हेरुँ हेरुँ’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीता गिरी शेरचनको शब्द रहेको छ भने राजु सिंहले संगीत दिएका छन् । गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । खिम शेरचनको निर्माणमा तयार भएको भिडियोलाई बेलायतका रमणीय दृश्यहरुमा छायांकन गरिएको छ ।

भिडियोमा प्रेममा परेकी एक युवतीको भावलाई देखाइएको छ । गीतको भिडियोममा ध्रुव दत्त र शुभेच्छा भारती मगरसँगै बालकलाकार अल्फ्रेड शेरचनको पनि अभिनय रहेको छ । भिडियोमा शुभेच्छाले मन पराएको युवक ध्रुवको प्रेममा पागल हुन्छिन् । भिडियोमा दीपिका श्रेष्ठको मेकअप , दिलु थापाको कोरियोग्राफी रहेको छ भने यसमा कलर करेक्सनको काम सम्पादक भरत रेग्मीले गरेका छन् ।

गीतको भिडियोमा छायांकन , सम्पादन र निर्देशन कुशल श्रेष्ठको रहेको छ । बेलायतमा बसोबास गर्ने कुशल सञ्चारकर्मी पनि हुन् भने पछिल्लो समय म्युजिक भिडियो तथा छोटो फिल्ममा निर्देशनसँगै छायांकन र सम्पादनमा अगाडी आउने नाम बनिसकेका छन् । निर्देशक श्रेष्ठले गीतको भाव अनुरुप नै भिडियोलाई तयार गर्ने कोसिश गरेको बताए ।

कमेन्ट गर्नुहोस्