गीत बाँकी राख्दै सकियो ‘गीत गजल’

फिल्म । डेब्यु फिल्म ‘जोनी जेन्टलम्यान’ पछी नितिन चन्दको निर्देशनमा तयार भईरहेको फिल्म ‘गीत गजल’ को छायाँकन गीतबाकि राख्दै सकिएको छ । निर्माण पक्षले गीतको लागि उपयुक्त समय र मौसम पर्खिनु पर्ने भएकोले सिन सकाएर ‘इन्डक्ल्याप’ गरेको छ । प्लानिङ अनुसार नै ३५ दिनमा छायाँकन सकाएको बताउने फिल्ममा रुप पोखरेल, आरोही सिंह, रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली मुख्य भूमिकामा छन् ।

नाम अनुसार नै फिल्म ‘रोमान्टिक लभ’ जनरमा तयार भएको छ । ‘फिल्म निर्माणमा कुनै सम्झौता गरिएको छैन’ नितिन भन्छन ‘लेखिएको कथालाई पर्दामा उतार्न सफल भएका छौ ।’आरोहण प्रोडक्शन प्रालिको ब्यानरमा आरोहण क्षेत्रीको निर्माण रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्