गीतले नै फिल्मको हाइप समेत बढाईरहेको छ । दिनेश राउतको शब्द रहेको गीतमा कोसिस क्षेत्रीको संगीत रहेको छ भने यसमा कोसिस र मनिषा पोखरेलले स्वर दिएका छन् । गीतलाई रेनाशा वान्तवा राईले कोरियोग्राफी गरेकी छिन भने यसमा निश्चल बस्नेत , कर्मा , प्रियंका सिंह ठकुरी र अन्जली योन्जनको नृत्य रहेको छ । प्रतियोगितामा भाग लिन एकल, युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर creationmadani@gmail.com मा पठाउनुपर्ने छ ।
उपलब्ध भिडियोहरु मदानी क्रिएसनको युट्युब च्यानल मार्फत अपलोड गरिनेछ । यसलाई भ्युजको आधारमा उत्कृष्टता घोषणा गरिनेछ । माघ ४ मा रिलिज हुने फिल्ममा नजिर हुसेन , कामेश्वर चौरसिया , प्रविन खतिवडा , प्रकाश घिमिरे , रश्मी भट्ट लगायतको अभिनय रहेको छ । आकाश बराल, बिनोल खतिवडा र सुवास आफैले लेखेको योफिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।
कमेन्ट गर्नुहोस्







