‘सिम्बा’ ट्रेलर रिलिज (भिडियो)

फिल्म । यसवर्षको अन्त्यमा रिलिज हुने फिल्म ‘सिम्बा’ को ट्रेलर सार्वजनिक भएको छ । केहि समय अगाडी सिम्बाको रिलिज डेट सर्ने खबर सुनिएयता पनि ट्रेलमा फिल्मको डेट फाइनल भईसकेको छ । फिल्म घोषित डेट अर्थात् डिसेम्बर २८ मै रिलिज हुनेछ । साउथ इण्डियन फिल्म ‘टेम्पर’ को रिमेक रहेको फिल्ममा लिड रोलमा रणवीर सिंह छन् । फिल्मलाई रोहित शेट्टीले निर्देशन गरेका छन् ।

पछिल्लो फिल्मको तुलनामा रणवीर यसमा फरक देखिएका छन् । ट्रेलरमा एक्सन, कमेडी, रोमान्सलाई मिश्रण गरिएको छ । फिल्ममा रणवीर पुलिस इस्पेक्टरको भूमिकामा छन् । यसमा सारा अलि खान र सोनु सुद मुख्य भूमिकामा छन् भने अजय देवगन विशेष भूमिकामा देखिएका छन् । फिल्मला अजयलाई सिंघम अवतारमा देख्न पाइनेछ । यसलाई करण जोहर र रोहितले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्