‘अर्को पटक नेपाली सुधारेर आउँछु’ आदित्य

375 Shares

संगीत । पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ । यसै शिलशिलामा आदित्य नारायण झाले गत शनिवार बेलुकी क्लब फरेनहाइटमा आफ्नो प्रस्तुति दिएका छन् । कार्यक्रमकै लागि उनि झन्डै ८ वर्षपछि नेपाल आएका हुन् ।

‘मेरो नेपाली ग्रामर अलिकति कम्जोर छ’ आदित्यले प्रश्न सोध्नु अगाडी नै भने । उनले आफुले बाल्यकालमा विभिन्न भाषा सिक्दै हुर्केको समेत बताए । ‘बाल्यकालमा मैले नेपाली , मैथली , हिन्दी , बंगाली र अंग्रेजीसंगै सिकेको हु त्यसपछि त प्रयोगमै भर पर्यो’ आदित्य भन्छन् ‘अर्को पटक आउँदा म नेपाल राम्रोसंग सिकेर आउने छु ।’

किनकी उनको नेपाली गायनलाई फ्यानले प्रतीक्षा गरिरहेका थिए । तर , उनले ‘यो गाउँको ठिटो म’ गुणगुनाए भने आफ्नै पिता उदित नारायण झाको हिट गीत ‘कुसुमे रुपमा’ गाए । उनले क्लबमा कार्यक्रमको क्रममा नेपाली गीतबाट सुरु गर्छन भनेर प्रतिक्षित दर्शकलाई भने निराश बनाए । उनले आफ्नै डेब्यु फिल्म ‘शापित’ को कभी न कभी बाट गायन सुरु गरे । त्यसपछि उनले केहि आफ्ना र केहि ट्रेण्डिङमा रहेका गीत गाए । ‘म आफुलाई गायक नै भन्न रुचाउछु र होस्टसंगै अभिनय पनि गर्छु तर पनि गायक नै हुँ’ आदित्य भन्छन् ‘नेपाल मेरो घर हो र नेपाली मेरै हुन् अब छिटो आउने कोसिस गर्नेछु ।’‘आदित्य नारायण लाइभ इन नेपाल’ मा उनि दोस्रो पटक नेपाल आएका हुन् । उनि ८ वर्ष अगाडी पोखरामा आएका थिए ।

गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए । रंगीला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् भने उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए ।

क्लब फरेनहाइटकै आयोजनामा भएको कन्सर्टमा आदित्य मध्यरातमा झुल्किएका थिए । शनिवार काठमान्डू झरेका आदित्य आइतवार मध्यान्तरमा फर्किए । ‘यसपटक सेड्युल अलि प्याक भएर घुम्न पाइन् , अर्को पटक छिटै आउँछु’ आदित्यले भने । उनको ताल फिल्मको जंगलमे बोले कोयल कुकू , आशिर्वादको पानि घट्ट , रामलीलाको इश्क्याउ धिस्क्याउसँगै शापित र कुसुमे रुमालका गीत चर्चित छन् भने उनले धेरै कभर गीत गाएका छन् ।

तस्वीरहरु : क्लब फरेनहाइट

Facebook Comments