बालमैत्री उत्पादनको प्रवर्द्धन गर्दै अनिल

संगीत । पछिल्लो समय गायक अनिल सिंह सांगीतिक क्षेत्रसँगै सामाजिक तथा प्रवर्द्धनात्मक कार्यमा पनि उत्तिकै सक्रिय छन् । आफ्नो गीत संगीतको मध्यमले लाखौ युवाको ढुकढुकी बनेका अनिल अस्ट्रेलियन ब्राण्ड नेचर्स वेको प्रवद्धनात्मक दूतको रुपमा नियुक्त भएसंगै ती उत्पादनको प्रवर्द्धन खटिएका छन् । काठमाडौंका लाजिम्पाटस्थित सिसम वर्ल्ड मन्टेश्वरीमा आयोजित हेल्थ क्याम्पमा गायक सिंह नेचर्स वेका पाच वटा बाल मैत्री उत्पादनसहित प्रस्तुत भए । बालबालिकाको स्वास्थका लागि उपयोगी ती पाच वटा ब्राण्डलाई नेपालको प्रतिष्ठित डाक्टर साथी फार्मेसीले नेपाल भित्राएको हो ।

बुधवार काठमाडौंमा आयोजित हेल्थ क्याम्पमा गायक सिंह सहित डाक्टर साथीका सन्तोष बर्तौलाले मन्टेश्वरीका बालबालिकामाझ ती उत्पादनहरु प्रदर्शन गरे । त्यसक्रममा गायक सिंहले बालबालिकाहरुलाई विभिन्न उपहारहरु समेत प्रदान गरे । कार्यक्रममा नेपाल भित्राइएका नेचर वेका उत्पादनहरु प्रोबायोटिक ड्रप्स, किड्स स्मार्ट बर्सलेट्स ओमेगा–३ फिस ओयल फ्रुटी, क्याल्सियम प्लस भिटामिन डिथ्री, भिटा गमिज आदि उत्पादनहरु छन् । यी उत्पादनहरु अष्टेलियाका बालबालिकाहरुमाझ अत्यन्त लोकप्रिय छन् ।

अष्टेलियाको गुणस्तरीय उत्पादन नेपाली बालबालिकाहरुले पनि प्रयोग गर्न पाउनु पर्छ भन्ने उदेश्यले आफू यो उत्पादनको प्रवद्धनमा सक्रिय भएको गायक सिंहले स्पष्ट पारेका छन् । ‘हामीले गुणस्तरीय वस्तुलाई सहज रुपमा नेपाल ल्याउनु पर्छ’ गायक सिंहले भने ‘यी वस्तुले नेपाली बालबालिका फाइदा नै गर्छ ।’डाक्टर साथीका बर्तौलाका अनुसार ती उत्पादनहरु अनलाइन सपिङमार्फत प्राप्त गर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्