डेजा भूमा नचाए गजेन्द्रले

संगीत । कभर गायन मार्फत उदाएका भारतीय गायक गजेन्द्र वर्माले क्रिसमस इभको अवसरमा आयोजित ‘गजेन्द्र वर्मा लाइभ इन नेपाल’ मा उपस्थित दर्शकलाई नचाएका छन् । पछिल्लो समय ‘तेरा घाटा’ गीत मार्फत लोकप्रिय बनेका गजेन्द्रको नेपालमा यो पहिलो प्रस्तुति हो । गजेन्द्र डेजा भूमा १२ बजेपछि आफ्नो प्रस्तुति लिएर उपस्थित भएका थिए ।

उनले ‘तेरा घाटा’ दुई पटक गाउनु परेको थियो भने अन्य हिटम्यासप मार्फत दर्शक नचाएका थिए । उनले आफ्नो भन्दा पनि बलिउडका हिट नम्बरलाई उपस्थित दर्शक माँझ प्रस्तुत गरेका थिए । उनले झन्डै डेढ घण्टा आफ्नो प्रस्तुति मार्फत दर्शकलाई नचाए । मेड्ले इभेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा आयोजित ‘गजेन्द्र वर्मा लाइभ इन नेपाल’ मा उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्