फिल्म । बलिउडमा पछिल्लो समय पुलिसको स्टोरीमा फिल्म बनाउने निर्देशकमा पर्छन , रोहित शेट्टी । सन् २००३ मा बलिउडमा डेब्यु गरेका रोहितले पहिलो फिल्म ‘जमिन’ मा पनि पुलिसकै कथा रोजेका थिए । डेब्यु फिल्ममै साथी अजय देवगनसंग काम गरेका रोहितले आफ्नो प्राय फिल्ममा यसलाई निरन्तरता दिए । उनले अजय बाहेक चेन्नई एक्सप्रेस , दिलवाले , सिम्बा र पछिल्लो समय निर्माण गरिरहेको फिल्म ‘सूर्यवंशी’ मा काम गरेका छन् । यसका साथै उनले आफ्नो कपड्रामालाई पनि अजयसंगै सुरु गरे ।
अजयलाई लिएर उनले सन् २०११ मा सिंघमको निर्देशन गरेका हुन् । तामिल फिल्मको रिमेक गरेका अजयले त्यसलाई निरन्तरता दिने बताएपछि रोहितको कप ड्रामाले निरन्तरता पायो । सिंघमको सफलतापछि यसको सिक्वेललाइ रोहित र अजयले सन् २०१४ मा दर्शक समक्ष ल्याए । यसलाई पनि उत्तिकै माया प्राप्त भयो । यसपछि रोहितले सोसल इस्युमा कप ड्रामासंग युनिभर्स नै बनाउने सोच बनाए । त्यसपछि उनले ‘टेम्पर’ को रिमेक सिम्बा बनाए । यसमा उनले सिंघम अर्थात अजय देवगनलाई प्रवेश त गराए नै यसैबाट उनले सूर्यवंशी अर्थात अक्षय कुमारलाई पनि चिनाए ।
आउँदो वर्ष आउने फिल्म ‘सूर्यवंशी’ उनले अगाडी नै घोषणा गरे । यसरि उनले सिंघम , सिम्बा र सूर्यवंशीलाई मिलाएर कपकै युनिभर्स बनाए । पछिल्लो समय हलिउडमा बनिरहेको एभेन्जर्स , जस्टिस लिग झैँ उनले बलिउडमा कप स्टोरीमा युनिभर्स बनाउन सफल भएका हुन् । यतीबेला दर्शकलाई उनकै तिनै कपड्रामाको पर्खाइ रहने गरेको छ । तर , रोहित अब लेडी अफिसरको कथालाई पर्दामा ल्याउने तयारीमा छन् । हालै अन्तरक्रियाको क्रममा आफुलाई लेडी अफिसरको निडरक कथा देखाउन मन लागेको बताए । ‘मैले एक हलिउड सुपरहिरोको फिल्म हेरेपछि मेरो दिमागमा लेडी अफिसरको बहादुरीको कथा देखाउने आइडिया आएको छ तर यसमा केहि समय लाग्न सक्छ’ उनले भने ‘लेडी अफिसरको कथाले मनोरंजनसँगै हिम्मत पनि दिन्छ ।’ (एजेन्सी)










