अनमोलको फिल्म प्रदीपलाई अफर ?

फिल्म । पछिल्लो समयका स्टार हुन् अनमोल केसी । फिल्ममा उनको उपस्थितिले मात्र पनि निर्माताको लगानी फर्काउने गरेको छ । यसैले पनि अनमोललाई लिएर फिल्म निर्माण गर्ने सोच राख्ने निर्माता तथा निर्देशक अधिकाँस छन् । लभ स्टोरीमा फिल्म निर्माण गर्ने सोच बनाउने अधिकाँसले सोच्ने पहिलो हिरो , अनमोल नै हुन् ।

किनकी उनलाई युवा पुस्ताले रुचाउछन् र उनको स्टारडम बढ्दो छ । यिनै अनमोल यतिबेला फिल्म ‘ए मेरो हजुर ३’ को छायाँकनमा व्यस्त छन् । अनमोल आफैले पनि आफ्नो फिल्म सेलेक्ट गर्ने गर्छन भने उनलाई उनका पिता भुवन केसीले पनि सल्लाह दिने गर्छन । यिनै अनमोलको एक फिल्मलाई निर्देशन गर्ने प्रस्ताव प्रदीप भट्टराईलाई आएको छ । भुवन तथा अनमोलको होम प्रोडक्सनबाट निर्माण गरिने फिल्म निर्देशनको लागि प्रदीपसँग कुरा भएको हो । मह सञ्चारमा डेढ दशक चिफ एडीको रुपमा काम गरेका प्रदीप निर्देशित जात्रा र शत्रु गते सफल फिल्म हुन् ।

यसैले गर्दा पनि रोमान्टिक कमेडी जनरको फिल्म निर्देशनका लागि उनलाई प्रस्ताव गएको हो । पछिल्लो समय प्रदीप जात्रै जात्रामा व्यस्त भएको र अनमोल शुटिङमा रहेकोले यो कुरा भने अगाडी बढ्न सकेको छैन । तर , रोमान्टिक कमेडीको कन्सेप्ट आएमा निर्देशन गर्ने सोचमा प्रदीप पनि रहेका छन् । यदि अनमोलको अभिनय र प्रदीपको निर्देशनमा फिल्म तयार भएमा यसले पाउने हाइप र बिजनेस पनि उच्च नै हुनेछ ।

कमेन्ट गर्नुहोस्