
सङ्गीत । नेपाली शास्त्रीय सङ्गीत क्षेत्रमा परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज विहान ८ बजे निधन भएको छ । विगत केही महिनादेखि मिर्गौलामा देखिएको समस्याका कारण काठमाडौँमा उपचार गराईरहनुभएका गुरुदेव आर्थिक समस्या भएपछि जन्मथलो सिरहाको पोखरभिन्डा फर्किनुभएको थियो ।
दुई साताअघि जन्मथलो फर्किएपछि लहानस्थित अस्पतालमा डायलासिस गराईरहनु भएका कामतको स्वास्थ्य अवस्था दिनानुदिन विग्रिरहेको थियो । गुरुदेवसँग नजिक रहनुभएका कलाकार राधेश्याम विश्वकर्माले पछिल्ला दिनमा स्वास्थ्य अवस्था बिग्रदो रहेको र तीन दिन अगाडिदेखि खाना समेत छोडेको जानकारी दिए । दिवंगत कमातको एक श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उनको अन्तेष्टी गाउँमै गरिने छ ।
शास्त्रीय सङगीतमा निकै श्रद्धा गरिने सम्मानित व्यक्ति गुरुदेवको दुवै मिर्गौलामा समस्या देखिए उपचारका लागि आर्थिक कठिनाई भएको बताउँदै गाउँ फर्किएका थिए । शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन् ।