शाहरुख र अनुष्काको ‘जिरो’ प्रेम (भिडियो)

बलिउड । शाहरुख खान अभिनित फिल्म ‘जिरो’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शाहरुखसँगै अनुष्का शर्मा फिचर्ड छिन । अनुष्काको लागि शाहरुख रोमान्टिक बनेका छन् । ‘मेरे नाम टु’ बोलको गीतलाई इर्शाद कामीलले लेखेका हुन् भने यसमा अजय-अतुलको संगीत रहेको छ ।

मराठी संगीतमा रहेका अजय – अतुल ‘धड़क’ पछी बलिउडमा उतिकै व्यस्त छन् । यसलाई अभयले गाएका हुन् ।शाहरुखले फिल्म निर्देशनको जिम्मा आनन्द एल रायलाई दिएका छन् जसले रांझाना र तनु वेड्स मनु सिरिजलाई निर्देशन गरिसकेका छन् । फिल्ममा शाहरुखसँगै ‘जब तक है जान’ जोडी अनुष्का शर्मा र कट्रिना कैफ पनि छन् । यसैले गर्दा पनि फिल्मको चर्चा बढ्दो छ । फिल्म डिसेम्बर २१ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्