एक महिनाको लागि सलमान लागे पञ्जाब

बलिउड । सलमान खान दिपावली सकिने वितिकै पञ्जाब लागेका छन् । उनि त्यहाँ झन्डै एक महिना बस्नेछन् । उनि पञ्जाब पुग्नु कारण भने होलिडे होइन , उनि फिल्म ‘भारत’ को बाकी छायाँकन पुरा गर्न त्यहाँ पुगेका हुन् । उनिसँगै उनको टिमलाई एयरपोर्टमा स्पोट गरिएको छ । बलिउडका भाइजान सलमानको फिल्म भएकाले पनि यससँग जोडिएको हरेक अपडेटले बि-टाउनमा चर्चा पाउने गर्छ ।

फिल्ममा सलमान विभिन्न अवतारमा प्रस्तुत हुदैछन भने यसमा कट्रिना कैफ उनको अपोजिटमा छिन । फिल्मलाई अलि अब्बास जफरले निर्देशन गरिरेका छन् । सलमानले अलिसँग सुल्तान र टाइगर जिन्दा है जस्ता ब्लकबष्टर फिल्म दिईसकेका छन् ।

कमेन्ट गर्नुहोस्