३४ बलिउड कम्पनी पुगे अदालत

फिल्म । बलिउडका ठुला फिल्म निर्माण कम्पनि तथा फिल्मकर्मीहरुको समूहले सोमबार दिल्ली उच्च अदालतमा बलिउडविरुद्ध केहि मिडिया तथा कार्यक्रम प्रस्तोताले गैरजिम्मेवार टिप्पणी गरेको र बलिउडलाई ‘फोहोर’ तथा ‘अपराधी’को रुपमा चित्रण गरेको भन्दै अदालत पुगेका छन् । भारतको निर्माता संघसँगै चारवटा संगठन र ३४ जना फिल्म निर्माताहरुले दुई भारतीय संचारमाध्यम ‘रिपब्लिक टिभी’ र ‘टाइम्स नाउ’विरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

मुद्दा दर्ता गर्नेहरु संस्थाहरुमा बलिउडका ठूला स्टारहरु सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन, फरहान अख्तर, करण जौहर , आदित्य चोपडा लगायतका फिल्म निर्माण कम्पनीहरु छन् । टिभी कार्यक्रम प्रस्तोताहरु अर्नब गोश्वामी, प्रदीप भण्डारी, राहुल शिवशंकर र नविका कुमारले मानहानी गरेको र अपमानजनक टिप्पणीहरु गरेको भन्दै यस्ता समाचार प्रशारण बन्द गराउन र पहिले प्रशारण भएकालाई पनि हटाउन अदालतमा दर्ता गरिएको मुद्दामा माग गरिएको छ ।

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि केहि मिडियाले बलिउड प्रति हद पार गर्दै रिपोर्ट बनाइरहेका छन् । भारतीय टिभी च्यानलहरुले टिआरपीका लागि त्यस्ता कार्यक्रमहरु प्रशारण तथा निर्माण गर्दा बलिउडको छवि धमिलिएको निर्माण कम्पनिहरुले बताउदै आइरहेको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्