फिल्म । नेपालसँगै फिल्म ‘कार्साङ’को ओभरसिजमा समेत प्रदर्शन हुने भएको छ । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्मको अन्तराष्ट्रिय रिलिज सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो । फिल्मको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच आधिकारिक संझौता भइसकेको छ ।
फिल्म ‘कार्साङ’का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्रतिक सुवेदी र रमेश ढकालले सम्झैता गरेका हुन् ।
यम शेर्पाको निर्देशनमा बन्ने यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् भने नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन् । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । फिल्ममा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ ।
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।
पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।