विदाको लाभ उठाउदै ‘के घर के डेरा’

फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’ लाई राहत मिलेको छ । तिहारको विदा सुरु भए लगतै फिल्मको व्यापार बढिरहेको छ । इनिसियल रूपमा राम्रो व्यापार गर्न नसकेता पनि विदाको लाभ फिल्मले उठाउन सफल भएको छ । मंगलवार देखिएको व्यापार विदाहरूमा झनै बढ्ने विश्वास निर्माण पक्षकको छ ।

दीपेन्द्र के खनाल निर्देशित फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, कोसिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ । काठमाडौँमा बस्ने डेरावाल र घरबेटी बीचको कथा भन्ने फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा/संवाद, शंकर थापा (स्माइल)/कोसिस क्षेत्रीको संगीत, सुर्य ठोकर एक्सन, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्