लक्ष्मीले ल्याइन देउसी भैलो गीत (भिडियो)

संगीत । बेलाबखतमा फरक फरक गीत दर्शक श्रोताको मन जित्दै आएकी गायिका लक्ष्मी आचार्यले नजिकिदै गरेको तिहारलाई लक्षित गर्दै देउसी भैलो गीत ‘कोही कोही मान्छे’ सार्वजनिक गरेकी छन् । देउसी भैलो संस्कृतीले भरिएको आकर्षक भिडियो सहित उनले यो गीत सार्वजनिक गरेकी हुन् । उनकै स्वर रहेको गीतमा शब्द तथा संगीत भने जय देवकोटाको रहेको छ ।

थुप्रै सहायक कलाकार प्रयोग गरिएको गीतको भिडियोमा लिड उनी आफैले गरेकी छन् । ओम श्रेष्ठको कोरियोग्राफी, राजेश घिमिरे र बिरेन्द्र भट्टको छायाँकन, अभिनास डिसीको सम्पादन रहेको भिडियो बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । लक्ष्मीले सांगीतिक क्षेत्रमा थुप्रै हिट लोक, आधुनिक र तिज गीत दिएकी छन् ।

कमेन्ट गर्नुहोस्