महेश र अस्मिताको ‘सोलफुल युएसए यात्रा’ घोषणा

सङ्गीत । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेको संयुक्त साङ्गीतिक कार्यक्रम ‘सोलफुल युएसए यात्रा’ घोषणा भएको छ । यो साङ्गीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरहरूमा आयोजना हुनेछ । मंगलबार आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी गराइएको हो ।

‘ओनेस्ट रियल इस्टेट’ द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’ द्वारा व्यवस्थापन गरिएको यो यात्रा कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एशबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायतका २० भन्दा बढी अमेरिकी सहरहरूसम्म पुग्नेछ । थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीले महेश र अस्मिताको अमेरिकाका विभिन्न सहरहरूमा राम्रो माग भएकाले यो साङ्गीतिक यात्राको आयोजना गरिएको जानकारी दिए ।

महेश र अस्मिताले पनि आफूहरू यो साङ्गीतिक टुरका लागि निकै नै उत्साहित रहेको बताएका छन् । अमेरिकामा रहेका नेपाली समुदायहरूसँग नजिक पुगेर गीत सुनाउने मौका पाएको भन्दै उनीहरूले खुसी व्यक्त गरे । महेश र अस्मिताको ‘लजावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू निकै लोकप्रिय छन् ।

कमेन्ट गर्नुहोस्