अब केहि हप्ता मात्र ‘कौन बनेगा करोडपति’

जयहोस् । क्विज शो ‘कौन बनेगा करोडपति’ छिटै अफ एयर हुने भएको छ । गत सेप्टेम्बर ३ बाट सुरु भएको यस शोलाई अमिताभ बच्चनले होस्ट गरिरहेका छन् । सिजन १ बाट नै होस्ट हुदै आएका अमिताभको विकल्पमा शाहरुख खान समेत शो मा आएका थिए । तर दर्शकले अमिताभलाई हेर्ने चाहना ब्यक्त गरेपछि पछिल्लो समय अमिताभ नै निरन्तर छन् । यो सिजन १० ले पनि राम्रो चर्चा पाइरहेको छ भने यसको टीआरपी पनि राम्रो छ । तर पनि च्यानलले शो बन्द गर्दैछ , आखिर किन त ? यो चर्चा यतिबेला बि-टाउनमा समेत छ । तर शो प्रशारण हुने च्यानल सोनी टेलिभिजनले यस सिजनलाई १२ हप्ताको लागि मात्र प्लान गरिएको जनाएको छ । यसकारण शो २३ नोभेम्बरमा अफ एयर हुनेछ । उक्त समयपछी च्यानल शो समयमा दुई सिरियल समेत प्लानिङ गरिसकेको छ । सिरियल प्लानिङ भईसकेको र अमिताभ बच्चनको समय पनि नमिल्ने भएकोले शो टीआरपीमा टप ५ मा हुदाहुदै पनि अफ ईयर हुदैछ ।
कमेन्ट गर्नुहोस्