‘८३’ को रिलिज डेट घोषणा

फिल्म । पछिल्लो समय एकपछी अर्को फिल्म मार्फत चर्चामा आइरहेका रणवीर सिंह अभिनित नयाँ फिल्म ‘८३’ को रिलिज डेट तय गरिएको छ । सन् १९८३ मा भारतले क्रिकेट वर्ल्ड कपमा आफुलाई बिजेता बनाएको कथालाई यसमा देखाइनेछ । विशेष गरि रणवीरले टिम कप्तान कपिल देवको भूमिका निर्वाह गर्नेछन् । साथै फिल्ममा समेत रियल लाइफ क्रिकेट खेलाडी समेत देखिनेछन् ।

फिल्मलाई कबिर खानले निर्देशन गर्नेछन् । यस अगाडी कबिरले एक था टाइगर , फ्यानटम , बगरंगी भाइजान र ट्युबलाइटको निर्देशन गरिसकेका छन् । निर्माण पक्षले एक भिडियो सार्वजानिक गर्दै फिल्म सन् २०२० को अप्रिल १० मा रिलिज हुने समेत जनाएका छन् । फिल्ममा केहि साउथका स्टारले समेत अभिनय गर्नेछन् भने यसलाई तमिल र तेलुगुमा समेत दर्शकले हेर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्