‘रणवीर’ को मोसन पोष्टर (भिडियो)

जयहोस् । माघ १८ गतेलाई रिलिज डेट सार्वजनिक गर्दै फिल्म ‘रणवीर’ युनिटले मोसन पोष्टर सार्वजनिक गरेका छन् । सार्वजनिक पोष्टरमा फिल्मको एन्टागोनिस्ट र प्रोटागोनिस्ट बीचको द्वन्दलाई देखाइएको छ । ‘ऐश्वर्य’ मार्फत चर्चामा आएका प्रशान्त ताम्राकारसँगै सुशिल सिटौला एन्ग्री लुक्समा देखिएका छन् । लभ र एक्सन ड्रामा फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशनमा तयार भएको फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । पछिल्लो समय लभ स्टोरीमै आधारित फिल्म आइरहेको बेला यसको मोसन पोष्टरमा भने एक्सनलाई प्राथमिकता दिएको छ । ‘फिल्मको एउटा कथा यस पोष्टरले भन्छ’ निर्देशक गोविन्दले बताए । यसैगरी निर्मात्री गोमाले पनि बिना सम्झौता फिल्म तयार गरेको बताइन । ‘हामीले फिल्मलाई राम्रो बनाउन कुनै कसर छोडेका छैनौ , फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिन्छ’ गोमाले बताइन । यसैगरी फिल्मको ट्रेलरलाई दर्शकले हलमा हेर्न पाउनेछन् । युट्युबमा मोसन पोष्टर सार्वजनिक गरेको फिल्म युनिटले हलमा भने एक मिनेट लामो टिजर सार्वजनिक गरेको छ । ‘यो समयमा दर्शकको भिडभाड हमला बढी हुने भएकोले हामीले टिजरलाई हलमा रिलिज गरेका हौ , यसै मार्फत अब पब्लिसिटी स्टार्ट गरेका छौ’ अर्का निर्माता दिपेन्द्रले बताए ।
कमेन्ट गर्नुहोस्