बिनोद र शान्तिको ‘छाल बनि सागरले’ सार्वजनिक (भिडियो)

जयहोस् । पछिल्लो समय विदेशमा रहेर पनि नेपाली कालासंस्कृतिलाई अगाडी बढाउनेको क्रम बढ्दो छ । बाध्यताले विदेशियता पनि आफ्नो ईच्छालाई अगाडी बढाउनेको संख्या बढ्दो छ । यसैक्रममा हङकङमा छायाँकन गरिएको भिडियो ‘छाल बनि सागरले’ को एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । हङकङमै कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको कार्यक्रममा भिडियोसँग सम्बन्धित कास्ट एण्ड क्रिउको समेत उपस्थिति रहेको थियो । भेषबहादुर शाहको शब्द , निरज श्रेष्ठको संगीत र सुमित खड्काको स्वर रहेको गीतको भिडियोमा बिनोद बस्नेत र शान्ति नेपालीको अभिनय रहेको छ । हङकङमै रहेर पनि मोडलिङसँगै कोरियोग्राफीमा समेत आफुलाई अगाडी ल्याइरहेका बिनोद र नेपालमै मोडलिङ गरिरहेता पनि पछिल्लो समय हङकङमा बसोबास गरिरहेकी शान्तिको केमेष्ट्रीलाई दर्शकले रुचाएको प्रतिक्रिया युट्युबमा कमेन्ट मार्फत दिएका छन् । गीतमा मायालाई छालसँग तुलना गरिएको छ भने सामिप्यताले निम्त्याउने असमझदारीले उतपन्न गर्ने परिस्थितिलाई पनि चित्रण गरिएको छ । भिडियोमा छायाँकन र सम्पादनसँगै निर्देशन पनि मज्जाको राइको रहेको छ ।
कमेन्ट गर्नुहोस्