विराजसँग खुशीको ‘हुम्लाको लिमी’

फिल्म । फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ गीतले युट्युबमा ४० लाखभन्दा बढी भ्यूज पाउँदै लोकप्रियता हासिल गरिरहेकै बेला निर्माण टिमले नयाँ गीत ‘हुम्लाको लिमी’ सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको छ भने संगीत एसडी योगीकै र शब्द मौसम अर्यालको रहेको छ । रोमान्टिक शैलीमा तयार गरिएको गीतको भिडियो सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

गीतमा फिल्मका मुख्य अभिनेता विराज भट्ट र नव अभिनेत्री खुशी कार्कीको नृत्य देख्न सकिन्छ । गीतको छायांकन दैलेखमा गरिएको निर्माण टिमले जनाएको छ । माइकल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा कथा, पटकथा तथा निर्देशन माइकल चन्दको रहेको छ । फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन्। मोती कार्की क्रियटिभ निर्माता रहेका फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन्।

फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत रहेको छ। मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र काला चरणको ब्याकग्राउन्ड संगीत रहेको छ। नवराज शर्मा मुख्य सहायक निर्देशक हुन्। फिल्ममा विराज भट्ट, सुनिल थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी र खुशी कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।

यसअघि सार्वजनिक टिजरले समेत सामाजिक सञ्जालमा दर्शकको ध्यान तानेको थियो। प्रेमकथा, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माण भएको ‘राम नाम सत्य’बाट निर्माण टिमले राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरेको छ।

कमेन्ट गर्नुहोस्