नेपालगन्ज देखि दमकसम्म ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ हुँदै

फिल्म । आगामी माघ २३ गते रिलिज हुने फिल्म ‘कुमारी’को प्रवर्द्धनका लागि फिल्म र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोडेर हुने ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’को ट्रेलर सार्वजनिक गर्दै विस्तृत जानकारी गराइएको छ । बिहीबार साँझ काठमाडौंमा यस चलचित्रका पार्श्व गायक केहर सिह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले प्रस्तुति दिँदै आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै यसबारेमा जानकारी गराइएको हो ।

यस एकीकृत प्रमोशनल टुर देशव्यापी स्तरमा सञ्चालन हुनेछ, जहाँ ब्यान्डसहित चलचित्रका प्रमुख कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउतसहितको समूह रहनेछ । ‘कुमारी’को साङ्गीतिक आत्माका रूपमा स्थापित सो ब्यान्डलाई केन्द्रमा राख्दै नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ म्युजिकल कन्सर्ट आयोजना गरिनेछ, जसअन्तर्गत माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा लाइभ कन्सर्ट आयोजना हुनेछ । काठमाडौंको कन्सर्टमै चलचित्र ‘कुमारी’को आधिकारिक ट्रेलर सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ ।

हाल यसको गीत ‘डोको बुन्ने निगालो चोयाले’ चर्चित बनेको छ । यस गीतमा स्वर केहर सिंह लिम्बु, शब्द सागर लामिछाने मगर र सुमन तामाङ, तथा सङ्गीत सुमन तामाङ र केहर सिंह लिम्बुको रहेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको उक्त फिल्ममा अविशेक खड्का, आकृतिराज भण्डारी लगायतको अभिनय रहेको छ । यसको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन्।

कमेन्ट गर्नुहोस्