फिल्म । नेपाली फिल्म ‘शिवांश’ को टिजर सार्वजनिक गरिएको छ । फिल्मका निर्देशक सन्तोष कुमार आत्रेय हुन् । फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। साथै विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला, कुन्दन लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको छ ।
कमेन्ट गर्नुहोस्










