सन्तुष्ट भोला

फिल्म । भनिन्छ अभिनेता आफ्नो अभिनयबाट कहिले सन्तुष्ट हुदैनन् र हुनु पनि हुदैन । किनकी अभिनयबाट सन्तुष्टि मिलेमा त्यसपछी कलाकारिता घट्दै जान्छ तर भोलाराज सापकोटा सन्तुष्ट छन् तर पछिल्ला फिल्मको तुलनामा । उनि पछिल्लो रिलिज फिल्म ‘कागजपत्र’ बाट सन्तुष्ट छन् , किनकी उनि आफै पनि पछिल्ला फिल्ममा त्यस्तो सन्तुष्टि नपाएको बताउछन् । ‘धेरैपछी काम गर्दा सन्तुष्टि मिलेको फिल्म हो , कागजपत्र’ उनले कुराकानीकै क्रममा भने ‘फिल्ममा आफुले सक्दो मेहनत गरेको छु , हेर्न पुगेका दर्शकलाई म र फिल्मले निराश बनाउदैन ।’

अपिल विष्टको लेखन तथा निर्देशन रहेको फिल्ममा उनि हुलाकमा काम गर्ने पिउनको भूमिकामा छन् , जसले पारिवारिक दबाबमा अस्ट्रेलिया जान प्रोसेस चाल्छन् । उनले यस कथा मार्फत आफुले पनि धेरैलाई उत्तर दिएका छन् । ‘मलाइ पनि धेरैले पैसाको आँखाले हेर्नुहुन्छ र पैसा कमाउन सकेन पनि भन्नु हुन्छ’ उनले आफुलाई पनि फिल्मसँग रिलेट गर्दै भने ‘ ति सम्पूर्ण प्रश्नको उत्तर नै फिल्म कागजपत्र हो ।’ साथै उनले निर्देशक अपिल विष्टमा पनि परिवर्तन पाए । ‘मैले झुम्कीमा पनि काम गरिसकेको छु तर यहाँसम्म आइपुग्दा अपिलमा परिपक्वता बढेको छ’ भोला भन्छन् ‘कथा नै बलियो छ , यसले मनोरन्जनसँगै संदेश दिन्छ ।’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हेरेपछि अभिनेता दयाहाङ राईले भोलाको तारिफ नै गरे । ‘धेरैपछी भोलाको अभिनयले मन खुसि बनायो ‘ दयाले फिल्म हेरेपछि सञ्चारकर्मी माँझ प्रतिक्रिया दिदै भनेका थिए ।

आपसी सहमतिमा स्वार्थ पूर्तिका निमित कागजपत्र बनाउदै र आफ्न्तसँगै विवाह गरेर अष्ट्रेलिया जान चाहनेहरुको कथामा आधारित भएर निर्माण भएको फिल्मले दर्शकलाई संदेश दिने भन्दा पनि अवस्थाको ज्ञात गराउने उनले बताए । फिल्ममा अभिनेता नाजिर हुसेनसँग अभिनेत्री शिल्पा मास्केको प्रेम देखिइएको छ, तर अष्ट्रेलिया जानका लागि उनले अभिनेत्री सरिता गिरीसँँग बैबाहिक जीवनमा बाँधिएका कलाकार भोलाराज सापकोेटासँग विवाह गरेकी छन् ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।

कमेन्ट गर्नुहोस्