‘पुस्तान्तरण गरें’

फिल्म। डाक्टर भोला रिजाल नेपालका एक वरिष्ठ चिकित्सक हुन् । नेपालका सिद्धहस्त स्त्रीरोग विशेषज्ञ परिचय बनाएका डा.रिजाल पत्रकार, गीतकार, सङ्गीतकार, गायक, कथा लेखक, फिल्म निर्माता समेत हुन् । उनले निर्माण गरेको छोरी बुहारी, साथी, एक नम्बरको पाखे, गौथली, अप्सरा लगायतका फिल्मले दर्शकको राम्रो साथ पाएको थियो ।

उनले निर्माण कम्पनिलाई छोरा डाक्टर कपिल रिजालले अगाडी बढाएकाछन् । बेलायतमा बसोबास गर्ने छोरालाई फिल्मको काम दिएर रूपान्तरणसँगै पुस्तान्तरण गरेको उनले बताए । ‘नयाँ पुस्तालाई नयाँ सोचकै फिल्म चाहिन्छ भनेर नै छोरालाई अगाडी सारेको हुँ । फिल्म प्रति उसको लगावकै कारण निर्माणमा फर्किएका हौँ’, डाक्टर रिजालले भने,‘पूर्ण पारिवारिक फिल्म निर्माण गरेका छौँ । यसले आफ्नै गाउँघरको कथा भन्छ ।’ फिल्म ‘ह्यारी कि प्यारी’ मा उनको कथा र गीत रचना भएता पनि सम्पूर्ण प्रोजेक्ट छोरा कपिलले लिड गरेकाछन्।

निर्देशनमा डेब्यु गर्नुहुने डाक्टर कपिल रिजालले पहिलो काम अवसरसँगै चुनौती रहेको बताए । ‘हाम्रो कम्पनिबाट निर्माण भएका फिल्महरूले आर्जन गरेको विश्वास बढाउनु छ । दर्शकको विश्वास टुट्न नदिने काम गरेका छौँ’, निर्देशक रिजालले भने। फिल्ममा जितु नेपाल, विजय बराल, साम्राज्ञी राज्यलक्ष्मी शाह, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतको अभिनय रहेको छ । यसमा स्वयम् निर्देशक रिजालको कथा, सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यू निरवीकोपटकथा र संवाद ,सुदीप बरालको छायांकन निर्देशन तथा अर्जुन जिसीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्