२ हजार १६६ मात्र बिक्री भयो ‘पीआर’ को टिकट

फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनमा रहेका नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’मार्फत सार्वजनिक विवरणअनुसार विभिन्न फिल्महरूको आम्दानी तथा टिकट बिक्रीको तथ्यांक सार्वजनिक गरिएको हो ।

बोर्डका अनुसार गत मङ्सिर २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पीआर’ ले पुस १९ गतेसम्म कुल ६ लाख ८२ हजार २८३ रुपैयाँ आम्दानी गरेको छ । शोभित बस्नेत निर्देशित यस फिल्मका कुल २ हजार १६६ टिकट बिक्री भएका छन् । फिल्ममा सुरज पौडेल, विनिता कार्की, नीर शाह र गौरी मल्ललगायत कलाकारको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्