‘च च हुई’ ट्रेलर रिलिज (भिडियो)

1K Shares

फिल्म । पछिल्लो समय लभ स्टोरी जनरका फिल्ममा देखिदै आएका अभिनेता आर्यन सिग्देलको रम-कम जनरको फिल्म ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । सिल्की सिल्की बाल र जवानी बोलको दुइ गीत सार्वजनिक गरिसकेको टिमले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरलाई फिल्मको मुख्य पात्रहरु आर्यन सिग्देल , भोलाराज सापकोटा , मिरुना मगर , माओत्से गुरुङको वरपर घुमाइएको छ । दुइ बेकमिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ ।

जीवनको पिङ च च हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई फिल्ममा देखाइएको हो । आर्यन र भोला हङकङमा काम गरिरहेका दुइ युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । फिल्ममा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ । फिल्म रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् ।

व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन् । यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

तपाईको प्रतिक्रिया