‘जेरी अन टप’ लाई पहिलो दिन २ सय ५ शो

फिल्म । अभिनेता अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ ले प्रदर्शनको पहिलो दिन अर्थात् असोज ३१ गते नेपालभर २ सय ५ शो प्राप्त गरेको छ ।सार्वजनिक टिजर, ट्रेलर र प्रचार सामग्रीले सिनेम्याटिक फिल्म दिईरहेको उक्त फिल्मले प्राप्त गरेको शो दोस्रो दिन वृद्धि हुने वितरण कम्पनी रीच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘पहिलो दिन दर्शकको चाँप प्राप्त शोमा देखिएको छ । दर्शकबाट जाने प्रतिक्रियाले थप दर्शक आउने हाम्रो अपेक्षा छ । फिल्मको लम्बाई झन्डै तीन घण्टा हुँदा पनि हामीले प्राप्त गरेको शो निकै आकर्षक हो ।’

केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको फिल्म ‘जेरी अन टप’ को लम्बाई दुई घण्टा ५४ मिनेट ५७ सेकेन्ड रहेको छ । पछिल्लो समय सर्वाधिक लम्बाई भएको नेपाली फिल्मको रुपमा यो परेको छ । प्राय नेपाली फिल्म २ घण्टा २५ मिनेट आसपासमा हुने गरेका छन् ।

फिल्म ‘जेरीः अन टप’ अनमोल केसी, भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ लाई सुयोग गुरूङले निर्देशन गरेका छन् । यस फिल्ममा हेमराज विसीले कथा लेख्न, विश्वास तिम्सिनाले पटकथा लेख्न र दुलिप रेग्मीले छायांकन गरेका छन् । यो फिल्मलाई रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्