फिल्म । नेपाल चलचित्र संघले जेनजी आन्दोलनका क्रममा देशभरका चलचित्र हलमा पुगेको क्षतिको विवरण संकलन गरेको छ । शनिबार बसेको संघको बैठकले चारवटा हलमा भएको आगजनी र तोडफोडबाट १७ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । सबैभन्दा ठूलो क्षति विराटनगरस्थित भाटभटेनीमा रहेको क्यूएफएक्स हलमा पुगेको छ ।
उक्त भवन पूर्णरूपमा जलेको छ र हललाई मात्र १५ करोडको क्षति भएको बताइएको छ । यस्तै, गोंगबुस्थित ल्होत्से मलको भुइँतलामा रहेको आइएनआई मल्टिप्लेक्सको टिकट काउन्टरमा आगजनी र तोडफोड भएको छ । आगजनीको असर छैटौं तलासम्म पुग्दा हलका उपकरणमा क्षति पुगेको छ । यसबाहेक, क्यूएफएक्सको भक्तपुर र बुटवलस्थित हलका बाहिरी टिकट काउन्टर पनि पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । चलचित्र संघका अनुसार अहिलेको संवेदनशील अवस्थाका कारण तत्काल हलहरू खुल्ने छैन ।
कमेन्ट गर्नुहोस्










