फिल्म । बलिउड सुपरस्टार सलमान खान पछिल्लो समय फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ को काममा व्यस्त छन् । उनले फिल्म रिलिजको लागि तयारी गरिरहेका छन् । यिनै सलमानले आफ्नो सुपरहिट फ्रेन्चाइज टाइगरको तेस्रो सिरिजमा काम गरिरहेका छन् । फिल्मको केहि छायांकन समेत सकिएको छ भने कोरोना भाइरसले सिर्जित अवस्था सामान्य बन्दै गएपछि बाँकी छायांकन गरिने बताइएको छ ।
यिनै सलमानले टाइगरको तेस्रो सिरिज पश्चात आफ्ना मित्र साजिद खानको फिल्मलाई समय छुट्याएका छन् । केहि समय अगाडी सलमानले नै उक्त फिल्मको घोषणा गरेका थिए । ‘कभी इद कभी दिवाली’ घोषणा गरिएको थियो । जसको निर्र्देशन फरहाद सामजीले गर्दैछन् भने यसको लेखन साजिद नाडियाडवाला गर्नेछन ।
छायांकनमा नजादै फिल्मको नाम परिवर्तन हुने भएको छ । फिल्मको नाम ‘भाइजान’ राख्ने निर्णय साजिदले लिएका छन् । सलमानका नजिकका साथी भएकाले उनले कन्भिन्स गर्न सक्ने बुझिएको छ । किनकी सलमानले प्राय फिल्मको नाम परिवर्तन गर्ने गरेका छैनन् । यस फिल्ममा पनि उनि घोषित टाइटलमै अडिक छन् । यद्दपी सलमानको व्यक्तित्व अनुसार ‘भाइजान’ शिर्षक सुहाउने निष्कर्ष साजिदको छ । साजिद नदियाडवालको व्यानरमा फिल्म बन्नेछ । सलमान र साजिद मिल्ने साथी पनि हुन् । (एजेन्सी)











